दैलेख – दैलेख जेसीजले सामाजिक सचेतना सम्वन्धी सात वटा कार्यक्रमहरू गरेको छ, जेसिजको वार्षिक कार्यक्रम अन्तरगत ती कार्यक्रमहरु गरिएको हो । मंसिर ७ गते विहान दैलेख टेक्निकल स्कूलमा डा. प्रयास विक्रम सिजापतिको सहजीकरणमा एचआईभीएड्स सम्वन्धी सचेतना कार्यक्रम, सोही विहान रामपुरस्थिर राधाकृष्ण मन्दिर सरसफाई र त्यही दिन जिल्ला प्रहरी कार्यालय दैलेखलाई सरसफाई सामग्री हस्तान्तरण गरिएको थियो ।
मङ्सिर ८ गते विहान रेडक्रस मावि भूर्तीमा सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, दिउँसो १ बजे त्रिभुवन मावि दैलेख बजारमा साइबर अपराध सचेतना कार्यक्रम, मंसिर ९ गते विहान देवकोटा चोक ट्राफिक सचेतना र दिउँसो १ बजे दिपशिशु आवि सिमाडाका ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको दैलेख जेसिज २०२५ का अध्यक्ष प्रतिमा खड्काले जानकारी दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्