दैलेख – आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू भएको छ । हरेक वर्ष नोभेम्बर २५ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसदेखि डिसेम्बर १० तारिकसम्म १६ दिनसम्म मनाइने भएकोले १६ दिने अभियान भन्ने गरिएको छ । दैलेखमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
दैलेखमा नारायण नगरपालिकाले मंगलबार कार्यालय सुरु हुँदा विहान १० बजे प्राथना समयसंगै लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको महत्व बारे प्रकाश पार्दै जिल्ला सदरमुकाम र ग्रामीण क्षेत्रमा गरिने कार्यक्रमहरुको जानकारी गराइएको थियो । अभियानको पहिलो दिन मंगलबार सदरमुकाममा सरकारी अधिकारी, नागरिक अगुवाहरु समेतको सहभागितामा दिप प्रज्ववलन गरिएको थियो ।
यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ भने राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ रहेको छ । अभियानको उद्देश्य लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्ने, प्रविधिको उचित प्रयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउने, महिला अधिकार र सशक्तिकरण सवाल उठाउने गरिन्छ ।















प्रतिक्रिया दिनुहोस्