२०८३ वैशाख १७ , बिहीबार (2026 May 1, Friday)

भूर्तीमा सडक नाटक प्रदर्शन



दैलेख – युरोपेली संघको आर्थिक सहयोग र संयुक्त राष्ट्रसंघीय निकायहरु यूएनएफपी, यूनिसेफ, आइएलओ तथा यूनएन ओमन र नारायण नगरपालिकाको समन्वयमा सञ्चालित ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तरगर्त युनिसेफ नेपालको साझेदारीमा आवाज संस्थाको आयोजनामा ‘सकारात्मक लैंगिक मापदण्डहरुको प्रवद्र्धन लैंगिक हिंसाको रोकथाम र यसका सेवाहरुमा पहुच बृद्वि’ कार्यक्रम अन्तरगत नारायण नगरपालिका-६ भूर्तीमा मंगलबार ‘हतारको निर्णयले पछुतो’ सडक नाटक प्रदर्शन गरिएको छ ।

बालविवाहले शिक्षा, स्वास्थ्य, सामाजिक र आर्थिक रुपमा पुग्ने क्षति बालविवाह निम्त्याउन लैंगिह हिंसा, वालविवाहपछि जन्मेका सन्तानहरुको स्याहार सुसार, बृद्धि विकासमा पर्ने असर, बहुविवाहदेखि सम्बन्ध विच्छेदको अवस्थासम्मका समस्याहरु सडक नाटकमा प्रदर्शन गरिएको आवाज संस्थाकी सम्झनाकुमारी खत्रीले बताउनुभयो । सडक नाटक साँच्चै हाम्रै समाजले भोगेका समस्याहरु झल्काएर र चेतना दिएकाे नगरपालिका-६ भूर्तीकी धनसरि बिकले बताउनुभयो ।

सडक नाटकमा युवा अभियन्ताहरु सुनिता सोनी, प्रतिमा थापामगर, रोशनी थापामगर, कृष्णकला थापा, पुस्कर खड्का लगायतले अभिनय गर्नुभएको थियो । ‘हामीले जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको बेला आवाज संस्थाले समाजको प्रमुख समस्या बालविवाह जस्तो संवेदनशील विषयमा सडक नाटक प्रस्तूत गर्ने अवसर दियाे, हामीले सक्दो राम्रो गर्ने प्रयास गर्‍यौं, समुदायले पनि राम्रो मानिदियो’ नाटक संयोजक युवा अभियन्ता सुनिता सोनीले भन्नुभयो ।

प्रकाशित मिति : २०८२ मंसिर २ गते मंगलबार