२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

नयाँ प्रजिअको आग्रह : मिडियाले खबरदारी गरोस्



दैलेख – दैलेखका नयाँ प्रमुख जिल्ला अधिकारी आनन्द सारुले राज्यका नीति कार्यान्वयनको पैरबी र बस्तुनिष्ट खबरदारी गर्न पत्रकारहरुसंग आग्रह गर्नुभएको छ । पत्रकारहरुसंग जिल्लाको विकास र शान्ति सुरक्षा सवालमा दैलेखमा आज गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा सुशासन प्रवद्र्धनमा मिडियाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सारुले अघिल्ला प्रमुख जिल्ला अधिकारीहरुले थाल्नु भएका राम्रा कामहरुलाई निरन्तरता दिने आफूले पनि सरकारी निकायबाट प्रवाह गर्ने सेवाहरु नागरिकहरुका लागि सहज बनाउन प्रतिवद्धता जनाउनुभयो । उहाँले विकास कामहरुको प्रभावकारिता बढाउन हरेक नागरिकले समयमा सुझाव दिन आग्रह गर्नुभयो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक मीनराज भट्ट, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशविक्रम शाह समेत उपस्थित पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष अमर सुनार लगायत विभिन्न मिडियामा कार्यरत पत्रकारहरुले जिल्लाको विकास र शान्ति सुरक्षा प्रवद्र्धनमा सहकार्यता रहने वचन दिनुभएको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर ४ गते बिहीबार