दैलेख – ज्येष्ठ नागरिक संघ दैलेखका अध्यक्षमा बीरबहादुर भण्डारी तेश्रो कार्यकालको लागि चुनिनुभएको छ । आज भएको पाँचौं अधिवेशनबाट उहाँ पुनः अध्यक्ष चुनिनुभएको हो । उपाध्यक्ष इन्द्रबहादुर बुढा, सचिव भक्तिप्रसाद शर्मा कोषाध्यक्ष पदमा कृष्णबहादुर भण्डारी चयन हुनुभएको छ ।
समितिको ७ जना सदस्यहरुमा मानकुमारी शाही, भागीरथ जैसी, खड्गबहादुर कार्की, बालकृष्ण प्याकुरेल, भूपाल थापा, नरबहादुर रामजाली र नहकुल खड्का चुनिनुभएको छ । अरु ती जना सदस्यहरु आउदो बैठकमा मनोनीत गरिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
अधिवेश उद्घाटन कार्यक्रममा नारायण नगरपालिका वडा नंं. ८ का वडाध्यक्ष गोपाल बीसी, नेपाल बार एशोसियसनका जिल्ला अधक्ष प्रेमबहादुर थापा लगायतले ज्येष्ठ नागरिकहरुको अधिकार र कल्याणकारी कार्यक्रममा सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : २०८२ मंसिर ३ गते बुधबार










प्रतिक्रिया दिनुहोस्