दैलेख – नारायण क्याम्पसका क्याम्पस प्रमुख नरबहादुर शाहीलाई मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषदले चार वर्षका लागि पुनः क्याम्पस प्रमुख पदमा नियुक्त गरेको छ । २०७८ देखि उहाँ यो क्याम्पसको प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।
त्यसैगरी क्याम्पसमा अध्यापन हुने तीन वटा विभागहरुमा व्यवस्थापन तर्फ राजविक्रम शाही, मानविकी संकायमा नरसिंह थापा र शिक्षा संकायमा मुना थापालाई विभागीय संयोजक नियक्त गरेको छ । क्याक्पस प्रमुख शाही र विभागीय संयोजकहरुलाई पदस्थापन तथा स्वागत कार्यक्रम गरिएको छ ।
नारायण नगरपालिकाका मेयर लोमन शर्माले नव नियुक्त क्याक्पस प्रमुख शाही र विभागीय संयोजकहरुलाई क्याम्पसको शैक्षिक गुणस्तर सुधारमा जोड दिन आग्रह गर्नुभयो । उहाँले विद्यार्थीहरुमा सकारात्मक भावनाको विकास गर्ने पाठ्यक्रम नै बनाउनपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।
निमित्त क्याम्पस प्रमुख गुणनिधि आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले पनि नव नियुक्त क्याक्पस प्रमुख शाही र विभागीय संयोजक बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
२०५४ सालमा स्थापना भएको दैलेख जिल्लाको पहिलो नारायण क्याम्पस सदरमुकामको त्रिभुवन मावि दैलेखबजारका कक्षा कक्षा कोठा प्रयोग गरेर थालिएकोमा भारतीय राजदूतावासले १५ वर्ष अघि बनाइदिएको मुख्य भवन र नेपाल सरकारले समेत बनाइदिएका थप केही भवनमा अध्यापन चलिरहेको छ ।
नारायण क्याम्पस स्थापना भएपछि जिल्लामै स्नातक तहको शिक्षाको अवसर प्राप्त भएको छ । स्नातक तहमा मानविकी, शिक्षा र व्यवस्थापनसंगै स्नातकोत्तर तहमा शिक्षा संकायको अध्यापन चलिरहेको यो क्याम्पसमा चार सय भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्