
प्रतीकात्मक फाेटाे
दैलेख – सोसेक नेपालसंगको साझेदारीमा दुल्लू नगरपालिकाले मंसिर ५ गते स्त्री रोग सम्वन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । विशेषज्ञ डाक्टरहरुद्वारा स्त्री रोग सम्वन्धीसंगै सामान्य विरामीहरुकाे पनि शिविरमा चेकजाँच र उपचार सेवा दिइने दुल्लू नगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको छ ।
आईपास नेपालको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित नेपालमा यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार दिगो सवलीकरण तथा जलवायु उत्थानशील स्वास्थ्य सेवा प्रणाली परियोजनाको चासो अनुसार स्त्री रोगमै बढी केन्द्रित हुने, महिलाहरु भोगिरहेका स्वास्थ्य समस्याहरुको उपचार हुने कार्यक्रम अधिकृत कुशल चौधरीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार










प्रतिक्रिया दिनुहोस्