२०८२ मंसिर २३ , मंगलबार (2025 Dec 9, Tuesday)

मतदाता नाम दर्ता समय थपिन्न : आयोग



काठमाण्डौं – निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली नाम दर्ताको समय नथपिने जनाएको छ । निर्वाचन कार्यतालिका प्रभावित हुने जनाउदै लम्ब्याउन नसकिने प्रधानमन्त्रीलाई भेटेर आयोगका पदाधिकारीले ब्रिफिङ गरेका हुन् ।

राष्ट्रिय पञ्जीकरण विभागका राष्ट्रिय परिचय पत्र बनाएका र मतदाता नामावलीमा नाम नभएका मतादाताको पनि नामावली सूचीकृत हुने गरी व्यवस्था मिलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो ।

निर्वाचन आयोगका अनुसार हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि निवेदन दिएका छन् । आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेको र सरोकारवालाहरुसंग छलफल गरी अन्तिम रुप दिइने बताइएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २७ गते बिहीबार