२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)

जीप दुर्घटनामा सात जनाको मृत्यू



रुकुम पश्चिम — जिल्लाको पश्चिम बाँफीकोट गाउँपालिका–७ लिस्नेमा शुक्रबार भएकाे जीप दुर्घटनामा ७ जनाको मृत्यू भएको छ । उक्त दुर्घटनामा १० जना घाइते भएका छन् । आठबिसकोट नगरपालिकाको स्यालाखदीबाट जिल्ला सदरमुकाम मुसिकोटबाटतर्फ आउँदै गरेको रा १ज ४२२ नम्बरको जीप करिब ७ सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा आठबिसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला बिक, २२ वर्षीय गोपाल वली मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । एक जना मृतकको पहिचान खुलेको छैन ।

प्रकाशित मिति : २०८२ कात्तिक ७ गते शुक्रबार