२०८२ मंसिर २३ , मंगलबार (2025 Dec 9, Tuesday)

जोशीको शव नेपाल ल्याइयो



काठमाण्डौं – विपिन जोशीको शव नेपाल ल्याइएको छ, इसराइलबाट सोमबार दिउँसो फ्लाइ दुबईको नियमित उडानमार्फत विपिनको शव काठमाडौं ल्याइएको हो । विपिनलाई श्रद्धाञ्जली दिन लागि प्रधानमन्त्री सुशीला कार्की, सञ्चारमन्त्री जगदीश खरेल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनुभएको थियो ।

विपिनको शव कञ्चनपुरस्थित उहाँकै घरमै पु¥याइदिनका लागि नेपाली सेनाले सहजीकरण गर्ने तय भएको पनि मन्त्रालयका प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । कञ्चनपुरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इसराइल पुृग्नुभएको थियो ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी किब्बुज आलुमिमबाट उहाँलाई बन्धक बनाएर गजा पु¥याएको थियो । त्यसयता उनको स्थिति अज्ञात थियो। दुई साताअघि इसराइल र हमासबीच युद्धविराम सहमति भएपछि जोशी जीवितै फर्कने आशा गरिए पनि अन्तिम समयमा मृत्यू भइसकेको जनाइएको थियो ।

प्रकाशित मिति : २०८२ कात्तिक ३ गते सोमबार