२०८३ साउन १० , आइतबार (2026 Jul 27, Monday)

मानवअधिकार सहायता कक्ष गठन



बिराटनगर – इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा भएको पुनर्ताजगी बैठकले जोखिममा रहेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घन र हिंसा पीडितलाई सहयोग गर्ने उद्देश्यले बिहीबार विराटनगरमा मानव अधिकार सहायता कक्षको पुनर्ताजगी बैठकले सहायता कक्ष गठन गरेको छ । इन्सेक कोशी प्रदेश सचिवालय रहने बताइएकोे छ ।

नेपाल पत्रकार महासङ्घ कोशी, गैसस महासङ्घ कोशी, मानव अधिकार रक्षक सञ्जाल बिराटनगर, महिला मानव अधिकार रक्षक सञ्जाल कोशी, राष्ट्रिय अपाङ्ग महासङ्घ कोशी, मानव अधिकारका लागि एकल महिला समुह, जेष्ठ नागरिक महासङ्घ कोशी, उच्च अदालत बार एशोसिएसन बिराटनगर लगायतका संघ संस्थालाई राख्ने निर्णय गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश पर्यवेक्षक राखिएको छ । हिंसामा परेका गरिब विपन्न वर्गका पीडित र जोखिममा परेका मानव अधिकार रक्षकलाई सहायता कक्ष मार्फत न्याय प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले कानुनी र आर्थिक सहयोग प्रदान गर्दै आइरहेको इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले बताउनुभयो ।

आर्थिक सहयोगका साथै सम्बन्धित निकायमा न्यायका लागि सहायता कक्षले पहल समेत गर्ने गरेको सहायता कक्षमार्फत कोशी प्रदेशमा यो आर्थिक वर्षमा ७ जना विभिन्न हिंसा पीडित महिला र मानव अधिकार रक्षकलाई सहयोग गरेको पोखरेलले जानकारी दिनुभयो ।

मानव अधिकार रक्षकसंगको समन्वयमा मानव अधिकारको समसायमिक अवस्थाबारे छलफल गरी रक्षकहरुको सुरक्षा बारेमा ऐक्यबद्ध बनाउन सहायता कक्ष उपयुक्त माध्यम भएको मानव अधिकार सञ्जालका संयोजक बासु अधिकारीले बताउनु भयो । मानव अधिकार रक्षकहरुको सुरक्षा राज्यलाई ध्यानाकर्षण गराउदै आएको जेष्ठ नागरिक महासङ्घ कोशीका देबी बास्कोटाले बताउनु भयो ।

प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रबार