दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखले प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम गरेको छ । जिल्ला सदरमुकामको अदालत पछाडिको बसपार्क क्षेत्रमा जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बराल, प्रहरी निरीक्षक लालबहादुर सुनार लगायतका प्रहरी अधिकृत र जुनियर प्रहरी कर्मचारीहरुको सहभागिता थियो ।
सरसफाईको क्रममा बसपार्क आसपासमा प्लाष्टिक, कागज, मिनरलका बोटल, गुट्खा, सुपरपावर लगायतका सुर्तीजन्य पदार्थका पकेट कागजहरु अलपत्र फ्याकिने गरिएको कारण बजार दुर्गन्दित भएकोले प्रहरी दिवसको अवसरमा सरसफाई गरिनुसंगै स्थानीय व्यापारी र घरधनीहरुलाई सरसफाई सचेतना दिइएको डीएसपी बरालले बताउनुभयो ।
२०१२ असोज ३१ गते नेपाल प्रहरी ऐन जारी भएसंगै औपचारिक रुपमा प्रहरी संगठनको स्थापना भएको दिनको अवसर पारेर प्रहरीले हरेक वर्ष असोज मसान्तमा प्रहरी दिवस मनाउने गर्दछ । सरकारले मीतव्ययी रुपमा प्रहरी दिवस मनाउन परिपत्र गरेकोले यो वर्ष सामाजिक उत्तरदायित्वका कार्यक्रम गरी दिवस मनाउने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्