२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

महिला मुक्तिका लागि पीडितको तत्परता जरुरी



दैलेख – गैरसरकारी संस्था महासंघ दैलेखका अध्यक्ष डिलकुमारी चन्दले महिला मुक्तिका लागि पीडित आफै तयार हुनुपर्ने बताउनुभएको छ । टेवा नेपाल, यूएन वुमन, यूरोपियन यूनियन र फिनल्याण्डको साझेदारीमा महिला सशक्तिकरण मञ्चले  आजदेखि सञ्चालन गरेको २ दिने महिलावादी आन्दोलन र पैरबी रणनीति तालिम शुभारम्भ कार्यक्रममा उहाँले यस्तो कुरा बोल्नुभएको हो ।

सामुदायिक सुरक्षा जालो महिलावादी आन्दोलन सुदृढीकरण परियोजना अन्तरगत भएको तालिममा अध्यक्ष चन्दले समाजमा रहेका महिला हिंसा, शोषण, दमन र उपेक्षा सवालमा मुक्ति पाउन समाजका अगुवाहरुले उत्प्रेरण, हौसला दिनुपर्ने र आफूले भोगेको समस्या बारे पीडित आफैले बोल्न सक्ने बनाउन राज्य र नागरिक समाजको अग्रसरता बढाउनपर्ने सुझाव दिनुभयो ।

महिला शक्तिकरण मञ्चका अध्यक्ष सबिना बिश्वकर्माले महिला अधिकारका सवालमा अगुवा महिलाहरुले उत्प्रेरणा जगाउन सके मात्र पीडित महिलाहरुको आत्मबल बढ्ने बताउनुभयो । कार्यक्रममा महिला शसक्तिकरण मञ्चका कार्यकारी निर्देशक लक्ष्मी जीसीले सामुदायिक सुरक्षा जालो महिलावादी आन्दोलन सुदृढीकरण परियोजनाले महिला अधिकार प्रवर्द्धन क्षेत्रमा गरेका प्रयासहरु बारे चर्चा गर्नुभयो ।

तालिममा सामुदायिक सुरक्षा जालो महिलावादी आन्दोलन सुदृढीकरण परियोजनाका दैलेख सहजकर्ता मीरा स्वर्णकार, महिला शसक्तिकरण मञ्चका कार्यक्रम संयोजक सीप शर्मा, संस्थाका पूर्व अध्यक्ष सुनिता चन्द लगायतले तालिमको सहजीकरण गर्नुभएको थियो । टेवा नेपालका परियोजना संयोजक राधिका परियारको समेत तालिममा पृष्ठपोषण रहने बताइएको छ ।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रबार