
काठमाण्डौं – प्रधानमन्त्री सुशीला कार्कीले आज देशका नाममा सम्बोधन गर्नुहुने भएको छ । आज दिउँसो चार बजे मन्त्रिपरिषद्को बैठक बस्ने र बेलुकी ६ बजे प्रधानमन्त्री कार्कीले देशका नाममा सम्बोधन गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
अन्तरिम सरकारको नेतृत्व गर्नुभएकी प्रधानमन्त्री कार्कीले दुई साता अवधिमा पहिलो पटक देशका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । ‘जेनजी’ आन्दोलनपछि गएको भदौ २७ गते राष्ट्रपति रामचन्द्र पाैडेलले पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको थियो । प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेको छ ।
प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्