२०८२ असोज १५ , बुधबार (2025 Oct 1, Wednesday)
तुइन खोला पहिरो

काठमाण्डौं-नारायणगढ सडक अवरुद्ध



काठमाण्डौं – मुग्लिङदेखि रामनगर खण्डको तुइन खोला नजिक खसेको सुख्खा पहिरोले काठमाण्डौं-नारायणगढ सडक अवरुद्ध भएको छ । चार वटा डोजरले पहिरो हटाउने काम भइरहेको र बुधबार बेलुकासम्म खुलाउने योजना रहेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जनाकारी दिनुभयो ।

तुइन खोला पुल नजिकै बुधबार दिउँसाे ठूलो पहिरो खसेपछि गाडीको आवतजावत पूर्णरूपमा बन्द भएकोले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले सूचित गरेको छ । चितवन-काठमाण्डौं आउजाउ गर्न साना गाडीलाई चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ ।

पोखरा जानका लागि ठूला तथा साना दुवै गाडीले बुटवल हुँदै जान र पूर्वतिरबाट काठमाण्डौं आउजाउ गर्न मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथको बाटोलाई प्रयोग गन आग्रह गरिएको छ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइनखोलामा पहिरो खस्दा ४५ दिनदेखि यात्रु र चालकले सास्ती भोगिरहेका छन् ।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार