
दैलेख – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालय सुर्खेतले दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा प्रमुखलाई सेवाग्राहीसंग घुस लिएको नगद एक लाख रुपैंयाँ सहित कर्णाली प्रदेश राजधानी सुर्खेतमा पक्राउ गरेकाे छ ।
गाउँपालिकाको सातौं तहका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीलाई सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–९ मंगलगडी चोकबाट अख्तियारको कर्णाली प्रदेश कार्यालयको टोलीले हिजो अबेर नियन्त्रणमा लिएको हो ।
गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नको अन्तिम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग लिएको उक्त रकम सहित पक्राउ गरी अनुसन्धान थालिएको अख्तियारको केन्द्रीय कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्