२०८२ असोज १७ , शुक्रबार (2025 Oct 3, Friday)

आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा



काठमाण्डौं – भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरी उनीहरुका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै यो निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

प्रधानमन्त्रीको पदभारपछि आन्दोलनका क्रममा ज्यान गुमाएकाको परिवारलाई नेपाल सरकारले १०-१० लाख रुपैयाँ राहत दिने निर्णय भएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिनुभयो । ज्यान गुमाउनेको ७२ जना र घाइते हुनुहरुकाे  सङ्ख्या एक सय ९१ जना रहेको छ ।

प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार