
काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर विषम परिस्थितिमा गुर्जिएका अहिलेको अवस्थामा राजनीतिक निकास दिन आफू हर प्रयास गरिरहेको बताउनुभएकाे छ ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार, विमर्श र हरप्रयास गरिरहेको उल्लेख गर्नुभएको छ ।
नेपाली सेनाले सुरक्षाका लागि व्यारेकमा राखेकाे तेश्राे दिन राष्ट्रपतिकाे अौपचारिक धारणा नआएकाे भन्दै राष्ट्रपतिले मुलुकलाई सम्बोधन गर्नुपर्ने माग सहित सामाजिक सञ्जाल र काठमाडौं लगायत ठाउँमा प्रदर्शन हुन थालेपछि याे विज्ञप्ति आएकाे हाे ।
विज्ञप्तिमा पाैडेलले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन पनि आग्रह गर्नुभएकाे छ । उहाँले मुलुककाे शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न पनि अपिल गर्नुभएकाे छ ।
सरकारले सामाजिक सञ्जाल बन्द गरेकाे विराेधमा भदौ २३ र २४ गते गरेकाे जेनजीको प्रदर्शनमा परेर प्रदर्शनकारी र प्रहरीसहित गरी अहिलेसम्म ३० जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्