
दैलेख – कर्णाली राजमार्ग खण्डको कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ कालेखोला नजिक पहिरोले सडक भासिएर अबरुद्ध भएकाे राजमार्ग कालिकोट प्रहरीले तत्काल अस्थायी रुपमा साना सवारी साधन आउजाउ गर्न सकिने गरी सडक सुधार गरेको छ ।
दुई दिनदेखि परेको झरीपछि आएकाे पहिराेले भासिएर अवरुद्ध भएकाे सडक अस्थायी रुपमा खुलाएपछि जीप, फोर्स गाडी लगायतका साना सवारी साधन आउजाउको गर्न सकिने बनाइएको जिल्ला प्रहरी कालिकोटका प्रहरी इञ्चार्ज डीएसपी टेकबहादुर रावलले जानकारी दिनुभयो ।
यो पहिरोले हुम्ला जाने कर्णाली करिडोर सडकलाई असर नपारेको कालिकोट प्रहरीले जनाएको छ । कालेखोलामा पहिरोले खसेको सडक पनि तलबाट पर्खाल लगाएर बस, ट्रक समेत आउजाउ गर्न सकिने बनाउन समन्वय भइरहेको डीएसपी रावलले बताउनुभयो ।
प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार
प्रतिक्रिया दिनुहोस्