२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

निजी विद्यालयहरुलाई उत्तरदायी बन्नुपर्छ : थापा



दैलेख – संघीय संसद प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले संसदमा विचाराधीन विधेयकमा निजी विद्यालयहरुलाई उत्तरदायी मात्र बनाउन खोजिएको बताउनुभएको छ । निजी तथा आवशीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) नेपालले दैलेखमा आज बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो धारणा राख्नुभएको हो ।

प्याव्सनले भने जस्तो निजी विद्यालयहरुलाई पूरा अहित वा दवावमा राख्न खोजेको भन्ने आरोप खण्डन गर्दै संसदीय समितिले व्यक्तिगत लगानीमा गुणस्तरीय शिक्षामा निजी विद्यालयको योगदानलाई कदरगरेको तर प्याव्सनले अपूरो जानकारीका आधारमा कानून हस्तक्षेपकारी आएको भन्ने भ्रम फैलाएको प्रति आफ्नो असन्तष्ट रहेको सुनाउनुभयो ।

निजी तथा आवशीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) नेपालले दैलेखका अध्यक्ष भुवन शाहीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य सुवास थापा, सल्लाहकार सदस्य बालकृष्ण केसी, शिक्षासंग सरोकारवालाहरु र पत्रकार समेतको उपस्थितिमा भएको कार्यक्रममा संसदमा विचाराधीन विधेयक र शैक्षिक सुधारका लागि समेट्नुपर्ने विषय बारे छलफल भएको थियो ।

ऐनमा निजी विद्यालयहरुलाई गुठी लैजान खोजिएको, वाध्यकारी रुपमा मुनाफा रहित बनाउने लागिएको, पूर्ण छात्रबृति दिने व्यवस्थाले लगानी डुब्ने अवस्था रहेको भन्दै निजी तथा आवशीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) नेपालले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । बिहीबार देशभर प्रशासन कार्यालयमा धर्नाको कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार