
दैलेख – जिल्ला प्रशासन कार्यालयले दैलेख सदरमुकामदेखि करिब २५ किलोमीटर दूरीको भैरबी गाउँपालिकामा हाजिरी छड्के अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे सहितका अधिकारीहरुको टोलीले गाउँपालिका गरिएको छड्केमा कार्यालय प्रमुख समेत १६ जना कर्मचारी अनुपस्थित फेला परेका छन् ।
गाउँपालिकामा ४५ जना कर्मचारीहरुमा २९ जना मात्र उपस्थिति भएकोमा १२ जना निजामती कर्मचारीको पोशाक नलगाई आएका पाइएको थियो । अनुपस्थित १६ मध्ये ७ जनाले विदा स्वीकृत गराई विदा बसेका र प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्ल समेत ९ जना कर्मचारी चाहिँ गयल देखिएका बताइएको छ ।
उपस्थित कर्मचारीहरुलाई उत्तरदायी बन्न प्रमुख जिल्ला अधिकारी गैह्रेले निर्देशन दिनुभयो । अनुपस्थित र पोशाक नलगाएकाहरुलाई विभागीय कारवाही गरिने उहाँले जानकारी दिनुभयो । असारमा आर्थिक सकिएपछि साउन र भदौ महिनामा कर्मचारीहरु कार्यालयमा हाजिर नहुँदा सरकारी सेवा प्रभावित हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्