२०८२ असोज १७ , शुक्रबार (2025 Oct 3, Friday)

कालिकोटमा फोर्स गाडी दुर्घटना



कालिकोट – कर्णाली राजमार्गको खण्डको कालिकोटमा फोर्स गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने ठाउँमा शुक्रबार बिहान दुर्घटना हुँदा ती यात्रुहरु घाइते भएका हुन् ।

दुर्घटनामा पाँचजना गम्भीर र दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिनुभयो । बा १ झ ०९७६ नम्बरको फोर्स गाडी सडकबाट एक सय मिटर तल खसेको हो ।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार