२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)
इतिहासमा आज

निल आर्मस्ट्रङको जन्म जयन्ती



चन्द्रमा पहिलो पाइला टेक्ने पहिलाे मानव निल आर्मस्ट्रङको आज ९५ औं जन्म जयन्ती हो । सन् १९३० अगस्त ५ तारिकका दिन अमेरिकामा जन्म भएको थियो । उहाँले सन् १९६९ जुलाई २० तारिकका दिन चन्द्रमा पाहिलो मानव पाइला टेक्नु भएको थियो ।

आर्मस्ट्रङ र उहाँका सहयात्रीद्वय एडविन बज अल्ड्रिन र माइकल कलिन्स बोकेको एपोलो ११ यान कोलम्बिया चन्द्रमाको सतहमा अवतरण गरिएको थियो । आर्मस्ट्रङले आफूले चन्द्रमामा पहिलोपल्ट पाइला टेक्नुलाई ’एउटा मानिसको सानो पाइला’ भन्नुभएको थियो ।

तत्कालिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले १९६१ मे २५ मा एक दशकभित्र चन्द्रमामा मानिस पठाउने घोषणा गर्नुभएपछि आर्मस्ट्रङको टोलीले चन्द्रमामा मानिस पुग्ने योजना बनाउनु भयो र एपोलो ११ यानले अवतरण अघि राष्ट्रपति केनेडी मृत्यू भइसकेको थियो ।

पेशाले एरोनटिकल इञ्जिनियर आर्मस्ट्रङ अमेरिकी सैन्य विमान उडानमा काम थाल्नुभएको थियो । सन् २०१२ अगस्त २५ मा ८२ वर्षको उमेरमा उहाँको निधन भएको थियो ।

प्रकाशित मिति : २०८२ साउन २० गते मंगलबार