२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)
इतिहासमा साउन १८

जङ्गबहादुरकाे बहिर्गमन



जङ्गबहादुर राणाले मुख्तियार पदबाट राजिनामा दिएको दिन हो वि.सं. १९१३ साउन १८ गते । राजा सुरेन्द्रले उनलाई श्री ३ महाराज पदवी दिने आन्तरिक सहमतिमा मुख्तियारबाट जङ्गबहादुरले राजीनामा दिएका थिए । एक सातापछि १९१३ साउन २४ गते महाराज पद प्राप्त गरिसकेपछि उनलाई श्री ३ जङ्गबहादुर कुँवर राणाजी भन्न थालिएको हो ।

श्री ३ महाराजको पदवी श्रीपेच लगाउने राजा बाहेकको पहिलो रैति जङ्गबहादुर हुन् । जङ्गबहादुरपछिका सबै राणा प्रधानमन्त्रीहरुले श्री ३ महाराज र श्रीपेच पहिरिएका थिए । राजा राजेन्द्र शक्ति कमजोर बनाउन जङ्गबहादुरले युवराज सुरेन्द्रलाई गद्दी आरोहण गराई आफूलाई अत्यधिक शक्तिशाली बनाएका थिए ।

राणा परिवारभित्रको आन्तरिक कलहका कारण १९१३ साउन १८ गतेदेखि ११ महिना सत्ता वाहिर बसे पनि १९१४ असार १६ गतेदेखि १९३३ फागुन १६ गतेसम्म दोश्रो पटक प्रधानमन्त्री भएका थिए । दुई पटक गरी ३० वर्ष शासन गरेका थिए । उनकै पालामा दरबार हाई स्कूल, गिद्दे प्रेस, पहिलो मुलुकी ऐन २०१० बनेका लगायत सुधार काम थालिएको मानिन्छ ।

नेपालले अंग्रेजसँगको युद्धमा गुमाएको भूभागमध्ये यिनले अंग्रेजलाई खुसी पारी राप्तीदेखि महाकालीसम्मको भूभाग जसमा वर्तमानको तराईमा पर्ने बाँके, बर्दिया, कैलाली तथा कञ्चनपुर पुनः नेपालमा गाभ्न सफल भएका थिए । वर्तमान समयमा यस भूभागलाई नयाँ मुलुकको नामले समेत चिनिन्छ ।

१०४ वर्षे पारिवरिक राणा शासन आरम्भ गर्ने व्यक्ति जङ्गबहादुर नै हुन् । कोत पर्व, भण्डारखाल पर्व लगायतका ठूलाठूला नरसंहार गरेर विरोधीहरूलाई तह लगाएका थिए । बेलायत र फ्रान्सको भ्रमणबाट फर्केपछि उनले नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभावको छाप छोडेका थिए ।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार