दैलेख – संघीय संसद प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले बालबालिकालाई भविष्यमा असल नागरिक बनाउन प्रविधियुक्त गुणस्तरीय शिक्षाको खाँचो रहेको बताउनुभएको छ । यसले शान्ति सुरक्षामा पनि सघाउने उहाँले तर्क राख्नुभयो ।
६९ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दैलेखले सदरमुमकाममा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले भविष्यका कर्णधार बालबालिकालाई उज्ज्वल भविष्य र बयस्कलाई चेतना जगाउन सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय सरकारहरुका तर्फबाट नारायण नगरपालिकाका मेयर लोमन शर्माले जिल्लामा प्रहरीले गरिरहेको शान्ति सुरक्षा व्यवस्थापन सन्दर्भमा प्रहरीले गरिरहेको प्रयासहरु बारे प्रशंसा गर्दै शान्ति सुव्यवस्थामा सघाउन आवश्यकता अनुसार स्थानीय सरकारहरु सधैं तयार रहेको बचन दिनुभयो ।
त्यसबखत दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले झण्डै तीन सय वर्षदेखि नेपालमा पहिले चौकीदारी शव्दावलीबाट सुरु भई पछि अरु नाम हुँदै २०१२ सालमा नेपाल प्रहरी संगठनको स्वरुपमा आउदासम्म देशको शान्ति, सुरक्षाससंगै अपराध अनुसन्धान पद्धतिमा अब्बल योगदान पु¥याएको चर्चा गर्नुभयो ।
कार्यक्रममा राजनीतिक दलहरुका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष मायाराम अधिकारी, प्रतिनिधिसभा साँसदद्वय सीताकुमारी राना, दीपा शर्मा, राष्ट्रियसभा सदस्य सावित्री मल्ल, कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्री लगायतले नागरिक र प्रहरीको सहकार्य विषयमा बोल्नुभएको थियो ।
प्रहरी दिवसको अवसरमा आयोजना गरिएको महिलाहरुको ११–११ जनाको समूहको फुटसल प्रतियोगितामा नागरिक समाजका महिलाहरुको टोलीका प्रतिमा खड्का र प्रहरी कर्मचारीको समूहबाट खिमसरा डाँगी, प्रहरी कर्मचारीहरुबीच भएको व्याडमिन्टन, टेबुल टेनिसका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र दिइएको थियो ।
प्रहरी सेवाको क्रममा ज्यान गुमाएका अमर प्रहरीका परिवारजनहरु तिला जीसी, मनसरा गुरुङ्ग, बासमती थापा, घिउकुमारी राना, बखतबहादुर सुनार, पूर्व प्रहरीका ज्येष्ठ सदस्य ९४ वर्षीय जयबहादुर कुँवर, पूर्व प्रहरी संगठनको नवनिर्मित भवनका लागि जग्गादिने रेशमबहादुर खड्कालाई सम्मान गरिएको थियो ।
दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय र मातहतका १५ जनालाई उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार दिइएको छ । प्रहरी निरीक्षक सत्यनारायण चौधरी, प्रहरी नायव निरीक्षक देवबहादुर थलाल, चार जना प्रहरी सहायक निरीक्षकहरु ताराकेशर लामिछाने, भूपेन्द्रबहादुर शाही, प्रेम केसी, जगतबहादुर शाहीले उक्त पुरस्कार पाउनुभएको छ ।
प्रहरी वरिष्ठ हवल्दार राकेशकुमार बटाला, तीन जना प्रहरी हवल्दारहरु टोपबहादुर सुनार, गोकुलबहादुर रावल, धनबहादुर शाही, दुई जना प्रहरी सहायक हवल्दारहरु अनुप चौधरी, लक्ष्मी पौडेल, तीन जना प्रहरी जवानहरु खिमसरा डाँगी, रमेश बीसी, र तुलबहादुर बिकलाई पनि उत्कृष्ट प्रहरी कर्मचारी पुस्कार दिइएको छ ।
प्रहरीका कामहरुमा सहयोग पु¥याउने संघ–संस्था, व्यापारी व्यवसायी र स्थानीय सरकारका प्रतिनिधिहरुलाई पनि कदरपत्र दिइएको थियो । पुरस्कार, सम्मान र कदरपत्रहरु कायक्रमका प्रमुख अतिथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति थापा, नेपाल प्रहरी श्रीमति संघका कर्णाली प्रदेश सदस्य गीता थापा, प्रमुख जिल्ला अधिकारी जैसी र दैलेखका प्रहरी इञ्चार्ज डीएसपी सुनिल दाहालले प्रदान गर्नुभएको थियो ।
सभाध्यक्ष डीएसपी दाहालले समुदाय, स्थानीय सरकार, नागरिक समाज सबैको सहयोग निम्ति धन्यवाद दिनुभयो । त्यसब अससरमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको शुभकामना सन्देश दुल्लू इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बाचन गर्नुभएको थियो । कार्यक्रम सञ्चालन प्रहरी निरीक्षक लालबहादुर सुनारले गर्नुभएको थियो ।
नेपाल प्रहरी ऐन २०१२ असोज ३१ गते लागू भएको दिन पारेर असोज ३१ भएको वर्ष असोज ३१ गते र ३० दिनको हुँदा असोज ३० गते नेपाल प्रहरी दिवस मनाइन्छ । प्रहरी दिवसको अवसरमा दैलेखले प्रहरीले लगातार ५ सरसफाई कार्यक्रम, पञ्चदेवलमा ढुंगेधारा मर्मत लगायतका सामाजिक काम गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्