२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

रसुवागढीमा बेलिब्रिज निर्माण थालियाे



रसुवा – गएको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले बगाएकाे रसुवागढी मितेरी पुल नजिक बेलिब्रिज निर्माण थालिएको छ । चीन सरकारले पुल पुनर्निर्माण थालेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

चीनसंग जाेडिएकाे रसुवागढीस्थित १० मिटर चौडाइ र १०० मिटर लम्बाइको पुलमा त्यसबेलाकाे बाढीले बगाएपछि त्यहाँबाट आउजाउ र व्यापारिक कारोबार समेत रोकिएको छ ।

बाढीले बगाएको पुलको जग नजिक दुई मिटर पूर्वतर्फ सारेर बेलीब्रिज निर्माण सुरु गरिएकाे बताइएकाे छ । चीनको सहयोगमा निर्माण गर्न लागिएको बेलीब्रिज भदौ अन्तिमसम्म निर्माण कार्य पूरा भइसक्ने जनाइएको छ ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार