
कञ्चनपुर – १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पुग्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी पन्तको शव भोलिपल्ट साउन ११ गते नजिकैको उखुबारीमा फेला परेको थियो । भीमदत्त नगरपालिका–२, उल्टाखामकी ती बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि शव परीक्षणबाट पुष्टि भएको थियो ।
प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । सरकारले घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुका साथै राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीका छुट्टाछुट्टै समिति गठन भएका थिए । कञ्चनपुर प्रहरीका सूचना अधिकारी डीएसपी सागर बोहराले निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान भइरहेको बताउनुभयो ।
अनुसन्धानका क्रममा १ सय २४ जनाको डीएनए परीक्षण गरिएको थियो भने छ सय ५५ जनालाई कार्यालयमा बोलाएर सोधपुछ भइसकेको छ । अपराध अनुसन्धान व्यूरो (सीआईबी)बाट १० वटा टोलीले अनुसन्धान गरिसकेको छ । निर्मलाका आमाबुवाले महेन्द्रनगरदेखि काठमाण्डौसम्म धाएका भए पनि न्याय पाउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्