
भक्तपुर – मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन् ।
सिन्टीटारको एक घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका हुन् । उनीहरु दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख डीएसपी नवराज ढुङ्गानाले बताउनुभयो ।
दुई सातादेखि डेरा गरेका दिदीबहिनी घरबाट भागेर आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । मृतकको आफन्त घटना रहस्यमय भएको आरोप लगाएका छन् तर घटनाको जानकारी पाएपछि मृतकका आफन्तहरु त्यस तर्फ गएको तर घटनास्थल नपुगेका बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्