२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

शिक्षा स्वास्थ्य सेवा सुधार्नुस् : ध्यानाकर्षण पत्र



अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा दुल्लूमा गठन गरिएको मानव अधिकार समूहले स्वास्थ्य, शिक्षा र वातावरण सम्वन्धी अधिकारको सवालमा दुल्लू नगरपालिकाका वडा नं. ७, ८ र ९ पुगी मानव अधिकार प्रवद्र्धनमा ख्याल पु¥याउन ध्यानाकर्षणपत्र बुझाएका छन् ।

दुल्लू नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष कविराज रावत, ८ का वडाध्यक्ष सुशील भण्डारी र ९ का वडाध्यक्ष तिलक उपाध्यायलाई उहाँहरुका कार्यालयमै पुगी सम्वन्धित वडाका मुख्य समस्याहरुका विषयमा ध्यानाकर्षणपत्र बुझाइएको इन्सेकका जिल्ला सहजकर्ता कलम नेपालीले बताउनुभयो ।

वडा नं. ७ मा खानेपानी स्वच्छता र सहज पहुँच आवश्यक रहेको, वडा नं. ८ साहुवाडा, पौवा, घियातिंदूमा क्षेत्रमा खानेपानीको अभाव रहेको, त्यसै गरी वडा नं. ९ मा प्रेमदेवी मावि धामीगाउँबाट ४० जना विद्यार्थीले एसईई दिएकोमा एकै जना उत्तीर्ण नभएकोले शैक्षिक गुणस्तर सुधार ध्यान दिनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

मानव अधिकार समूहका संयोजक द्वय दुर्गे नेपाली, नयाराम रावत, सदस्यहरु सुशीला योगी, टेकबहादुर सुजी समेतको सहभागितामा तीन वटै वडामा पुगी ध्यानाकर्षणपत्र बुझाइएको थियो । वडाध्यक्षहरुले ध्यानाकर्षणपत्रमा उल्लेख भएका समस्या सुल्झाउन पहल गर्ने वचन दिनुभएको थियो ।

प्रकाशित मिति : २०८२ असार ३० गते सोमबार