२०८३ जेठ ३१ , आइतबार (2026 Jun 15, Monday)

चट्टयाङ्ग लागेर एक जना घाइते



दैलेख – दैलेखमा चट्टयाङ्गले एक महिला घाइते हुनुभएको छ । करेसाबारीमा काम गरिरहेको बेला हिजाे आइतबार साँझ परेको चट्टयाङ्ग लागेर नारायण नगरपालिका–७ किमुगाउँक ३८ वर्षीया भरतदेवी खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

घटना लगतै दैलेख अस्पताल पुर्‍याएर घाइते उपचार सुरु थालिएको छ । बायाँ साइडको गाला, पाखुरा सुन्निएको, शरिरमा बाहिरी चोट नभएकोले अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

एक साता अघि पनि जिल्ला सदरमुकाम नारायण नगरपालिका–२ जाहरकोटमा परेको चट्टयाङ्गले एके घरका दुई जना व्यक्ति घाइते हुनुसंगै सुर्खेतमा रोपाइँ चलिरहेको खेतमा चट्टयाङ्ग परेर एक जनाको ज्यान जानुसंगै चार जना रोपाइँका खेतालाहरु घाइते भएका थिए ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार