२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

गुम्बामा आक्रमण : २२ जनाको मृत्यू



म्यानमार – सागाइङ क्षेत्रको लीन ता लु गाउँमा रहेको एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा कम्तीमा २२ जना सर्वसाधारणको मृत्यू भएको छ । जसमा तीन बालबालिका पनि रहेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

सशस्त्र द्वन्द्वका कारण घरबार गुमाएका सर्वसाधारणले गुम्बालाई सुरक्षित आश्रयस्थल ठानी बसोबास गरिरहेका थिए । तर गुम्बाको मुख्य हलमा हवाई आक्रमण भएको हो । गुम्बा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

सरकारी प्रवक्ता जाव मिन टुनले घटनाबारे कुनै प्रतिक्रिया दिनुभएको छैन । यो घटनाले म्यानमारमा नागरिक अझै पनि हिंसा र असुरक्षाको चपेटामा रहेका छन् भन्ने कुरा फेरि पुष्टि गरेको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिबार