२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

बाढीले सातको मृत्यु, अठाह्र बेपत्ता



नुवाकोटको विदुर नपा–९ त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरमार्फत उद्धार गरिँदै ।

काठमाण्डौं — रसुवामा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले ७ जनाको मृत्यु भएको, १८ जना बेपत्ता रहेका र ६४ वटा सवारीसाधन बगाएको गृह मन्त्रालयले सूचना अधिकारी उपसचिव रविन्द्र आचार्यले जानकारी दिनुभयाे । ५५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियाे ।

रसुवामा भोटेकोशी र त्रिशूली नदी किनारमा ठूलो प्रभाव परेको, नुवाकोटमा मध्यम र धादिङको बेनीघाटसम्म सामान्य प्रभाव परेको पनि उनले जानकारी दिए । बाढी घट्दो क्रममा रहे पनि सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले आग्रह गर्नुभएकाे छ ।

पराजुलीले भोटेकोशी जलाधारको तिब्बती क्षेत्रका हिमतालहरू फुटेर बाढी आएको हुन सक्ने भूगर्भविदहरूले अनुमान गरेका छन् । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले रसुवाकाे भोटेकोशी नदीमा मंगलबार आएको बाढीको कारण पत्ता लगाउन अध्ययन सुरू गरेकाे जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सुरक्षा निकायका प्रमुखहरू सहितको सरकारी टोलीले भोटेकोशी नदीमा आएको बाढीले पु¥याएको क्षतिको स्थलगत अवलोकन गरेको छ । स्थानीय प्रशासनले प्रभावितहरूको उद्धार र राहत, बेपत्ताको खोजी कार्य प्रभावकारी बनाउन गरेको प्रयासको प्रशंसा गरिएको छ ।

बाढीले मैलुङको गल्छी बेत्रावती–स्याफ्रुबेँसी सडक खण्ड अन्तर्गत त्रिशूली नदीमा रहेको बेलिब्रिज बगाएको छ । त्यहीं नजिक हालै निर्माण भएको पक्की पुलमा लेदो माटोमा असर पारेको, सडक चर्केको कारण ठाउँठाउँमा सडक अवरुद्ध भएको, त्रिशूली थ्री–ए जलविद्युत् आयोजनाको बाँधमा पनि क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८२ असार २४ गते मंगलबार