२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

अन्तर जिल्ला सुरक्षा बैठक



बैठकका सहभागीहरू (बायाँ कालिकाेट र दायाँ दैलेखका)

दैलेख – कालिकोट र दैलेखका सुरक्षा अधिकारीहरूकाे अन्तर जिल्ला सुरक्षा समन्वय बैठक दैलेखको रामकमा बसेको छ । दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा बसेको बैठकमा कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, दुवै जिल्लाका नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको हुनुहुन्थ्याे।

विपद व्यवस्थापनमा सहकार्य गर्ने, कर्णाली राजमार्गको जोखिम अवस्थाको निरन्तर विश्लेषण गर्दै हुन सक्ने जोखिम न्यूनीकरण र आवश्यक सतर्कता अपनाउन, राजमार्गमा हुने अवरोध हटाउन, शान्ति सुरक्षा, अपराध नियन्त्रण कामलाई प्रभावकारी बनाउन समन्वय तथा सहकार्य बढाउने निर्णय भएको दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो ।

अघिल्लाे महिना दैलेख र जाजरकाेटकाे अन्तर जिल्ला सुरक्षा समन्वय बैठक जाजरकाेटकाे कार्की गाउँमा बसेकाे थियाे । शान्ति सुरक्षा प्रभावकारी बनाउन सिमाना जुधेका जिल्लामा विषय, सन्दर्भ र परिवेश अनुसार अन्तर जिल्ला सुरक्षा समन्वय बैठक बस्न सक्ने गृह मन्त्रालयले सुझाए बस्ने गरेका बैठकले सहकार्यता बढाएकाे छ ।

प्रकाशित मिति : २०८२ असार २१ गते शनिबार