
दैलेख – जिल्ला सदरमुकामदेखि नाैमूले गाउँपालिका-१ खजुरीमा बाेलेराे दुर्घटना हुँदा चालककाे कुशलताले यात्रुहरु सकुशल रहेका छन् । ग ३ च ७६४ नम्बरको बाेलेराे सडकबाट करिब १०० मीटर तल खाेल्सामा खसेर क्षतिग्रस्त भएको छ ।
बाघखाेर डाँडा कटे लगतै खजुरीकाे ओरालोमा पुग्दा ब्रेक फेल भएपछि यात्रुहरुलाई ढाेका खाेल्न लगाई आफू समेत चालेर हतारहतार सडकमै हामफालेकाे लगतै गाडी खाेल्सामा खसेकाे स्थानीय कमल थापा मगर बताउनुभयो ।
नाैमूले गाउँपालिका-२ बालुवाटारका चालक २१ वर्षीय पूर्णबहादुर तारामीले गाडी हाक्नुभएकाे थियाे । गाडीमा एक बालक र तीन जना यात्रु थिए । यात्रु संख्या कम भएकोले पनि छिटोछरितो सबै जना हामफालेर ज्यान जाेगाएकाे स्वयम् यात्रुहुरुले बताएका छन् ।
इलाका प्रहरी कार्यालय नाैमूूलेका इञ्चार्ज प्रहरी निरीक्षक देवीराम भण्डारीकाे टाेलीले घटनास्थल पुगी घटनाकाे अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्