२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

चट्यांगले ५५ वर्षीया महिला घाइते



दैलेख – राति ९ बजेतिर परेको चट्यांगले नारायण नगरपालिका२ जाहारकोटकी ५५ वर्षीया महिला घाइते हुनुभएको छ । घाइते ती महिलाले आफ्नो परिचय आमसञ्चार माध्यममा नखुलाइदिन आग्रह गर्नुभएको छ ।

आफ्नै घरभित्र बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङले  हातमा लिएकाे माेबाइलमै झट्का दिएपछि बेहाेस हुनुभए लगतै उपचारका लागि दैलेख अस्पताल पुराइएकाे थियाे । ती महिलाको अवस्था खतरा मुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताउनु भयाे ।

प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार