२०८३ जेठ ३१ , आइतबार (2026 Jun 15, Monday)

दैलेखमा ३४ प्रतिशत मात्र रोपाइँ



दैलेख – दैलेखमा ३४ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ । २२ औं धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा नारायण नगरपालिका–७ बिजौरास्थित भनभने फाँटमा आज भएको रोपाइँ कार्यक्रममा कृषि विकास कार्यालयका प्रमुख दशरथ पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्माले कृषकहरुको जीवनस्तर उठाउने, प्रविधिको प्रयोग बढाउन सरकारका लगानी बढ्दै गरेको उल्लेख गर्नुभयो । दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले दुई तिहाई कृषकहरु खेती गर्छन्, उत्पादनले धान्न सकेको छैन । उन्नत प्रविधि र मेहनत बढाउन उहाँले आग्रह गर्नुभयो ।

प्रगतिशील युवा उद्यमी कृषि तथा पशुपालन समूहका अध्यक्ष सबिरे योगीको अध्यक्षतामा भएको कार्यक्रमपछि मेयर शर्मा, प्रमुख जिल्ला अधिकारी गैह्रे, उपमेयर तप्ता थापा, दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बराल, सशस्त्र प्रहरीका डीएसपी चन्द्रबहादुर खत्री लगायत रोपाइँमा समेत सहभागी हुनुहुन्थ्याे।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार