२०८२ असार १५ , आइतबार (2025 Jun 29, Sunday)

बाह्र जिल्लामा भारी वर्षाकाे उच्च जाेखिम



दैलेख – राष्ट्रिय विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारदेखि तीन दिन भारी वर्षा हुने  १२ वटा जिल्ला उच्च जाेखिम क्षेत्रमा रहेको जनाएको छ ।

माैसम पूर्वानुमान महाशाखाले गरेकाे प्रक्षेपणलाई उदृत गर्दै कर्णाली प्रदेशका दैलेख, सुर्खेत र सल्यान, लुम्बिनीका बाँके, बर्दिया र दाङ उच्च जाेखिम रहेकाे प्राधिकरणका प्रवक्ता सुरेश सुनारले पहरेदारलाई बताउनुभयाे ।

उहाँका अनुसार सुदूरपश्चिम प्रदेशका ६ जिल्ला बैतडी, डडेलधुरा, डाेटी, अछाम, कैलाली र कञ्चनपुरमा पनि हनिबारदेखि तीन लगातार झरी वर्षा हुने सम्भावना छ ।

प्राधिकरणले भारी वर्षा हुने अनुमान गरिएको क्षेत्रका जिल्ला विपद व्यवस्थापन समिति, सुरक्षा निकाय, स्थानीय सरकार र सराेकारवालाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्भावित विपदकाे जाेखिम न्यूनीकरण गराउन सुरक्षा सजगता र सराेकारवालासंग समन्वय भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयाे ।

कैलाली जिल्लामा पनि विपद जाेखिम न्यूनीकरणमा तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गाेगनबहादुर हमालले जानकारी दिनुभयाे । ‘यहाँ डुबानकाे जाेखिम हुन्छ, ती स्थानहरु सतर्कता अपनाइएको छ’ हमालले भन्नुभयाे ।

प्रकाशित मिति : २०८२ असार १४ गते शनिबार