२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)

चामुण्डाबिन्द्रासैनीलाई पूर्ण खोप सुनिश्चित घोषणा



दैलेख – चामुण्डाबिन्द्रासैनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिकाको घोषणा गरिएको छ । १४ महिना मुनिका २ सय २३ जना मध्ये दुई छुटेका र अरु २ सय २१ जना बालबालिकाहरुलाई सबै खोप दिइएको स्वास्थ्य शाखा प्रमुख टोपलाल पौडेलले जानकारी दिनुभयो ।

पूर्ण खोप सुनिश्चित नगरपालिकाको घोषणा प्रमाणपत्र हस्तान्तरण जिल्ला खोप समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीले गरेको कामको प्रशंसा गर्दै सबैले आआफ्नो जिम्मेवारीको काम गरे मात्र देशको विकास हुने बताउनुभयो ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका मेयर गणेशबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मेयर सूर्यबहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत भलाराम पङ्गाली, स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, सेभ द चिल्ड्रेनका प्रतिनिधि चेतप्रसाद पाध्यायले खोपको महत्व बारे बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ असार १४ गते शनिबार