
डडेल्धुरा – सर्पले डसेर डडेल्धुरामा एक जनाको मृत्यू भएको छ । सर्पले डसेर परशुराम नगरपालिका–७ सादनीका १३ वर्षीय किशोरप्रकाश भट्टराईको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टले जनाएको छ ।
बिहीबार बिहान शौचालय जाँदा सर्पले डसेपछि उपचारका लागि तत्कालै जिल्ला अस्पताल पु¥याए पनि उपचारका क्रममा किशोरको मृत्यू भएको हो । भट्टराई स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्थ्यो ।
प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्