२०८२ असार १५ , आइतबार (2025 Jun 29, Sunday)

होटलमा एक महिला मृत फेल



रुपन्देही – बुटवल उपमहानगरपालिका–१७, रानिगन्जकी ३२ वर्षीया सरिता भण्डारी पोखरा महानगरपालिका–६ स्थित होटल रुद्राक्षमा मृ’त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभयाे ।

डिएसपी बस्नेतका अनुसार घ’टना गएराति करिब साढे १२ बजे भएको भए पनि प्रहरीलाई १ बजेतिर मात्र जानकारी प्राप्त भएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार उनी होटलको ब्रान्डाबाट खसेर मृ’त्यु भएको बताइएको छ।

सरिता श्रीमान राजु भण्डारी र दुई छोरासहित पोखरा घुम्न गएकी थिइन् । सरिताको पुर्ख्यौली घर गुल्मीको इस्मा गाउँपालिका–३, टाकुरा सिम्पानी हो। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेठ ३१ गते शनिबार