२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

नबिल बैंकद्वारा झोला वितरण



दैलेख – नबिल बैंक दुल्लु शाखाले सामाजिक उत्तरदायित्व सीएसआर अन्तरगत दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नं ७  स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय डाँडासरुका ७९ विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।

नबिल बैंक दुल्लु शाखाका प्रवन्धक खड्कराज अधिकारी, अपरेसन इन्चार्ज भूपेन्द्र लामिछाने, विद्यालयका प्रधानाध्यापक बसुन्धरा गौतम शर्मा र शिक्षकहरू समेतको उपस्थितमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।

प्रकाशित मिति : २०८२ जेठ ३१ गते शनिबार