२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)

अग्र्यानिक उत्पादनमा बढावा



दैलेख – मानव स्वास्थ्य र दिगो जीवनको लागि अग्र्यानिक खानामा बढावा दिनपर्ने बेला आएको सरोकारवालाहरुले बताएका छन् । केयर नेपाल, आईडीई म्याप इण्टरनेशनलको साझेदारीमा एभरेष्ट क्लव दैलेखले सञ्चालन गरेको पोषण परियोजनाको अनुभव आदानप्रदान कार्यक्रममा यो कुरा उठेको हो ।

सहर केन्द्रित बसाइसराईले खेती किसानी घट्दै गरेको अवस्थामा कृषिमा प्रवद्र्धनका लागि आधुनिक खेती प्रविधिको उपयोग, उन्नत बीऊ बिजन, स्वास्थ्य तन्दुरुस्तीका लागि अग्र्यानिक कृषि बस्तु उत्पादन प्रयोगमा बढावा दिइएको पोषण परियोजना संयोजक राजु केसीले बताउनुभयो ।

बच्चा गर्भमा बसेदेखि २ वर्षसम्म हजार दिनका बालबालिकाहरु र आमाको पोषणलाई सघाउ पुर्‍याउन अग्र्यानिक कृषि उपजले अझ बढी राम्रो गर्ने भएकोले बढावा दिइएको केयर नेपालका स्वास्थ्य सुदृढीकरण अधिकृत सेतबहादुर भुलले जानकारी दिनुभयो । पाँच वर्षे पोषण परियोजना दैलेखका गुराँस, डुंगेश्वर, भगवतीमाई, ठाँटीकाँध गाउँपालिका र आठबीस नगरपालिकामा एक वर्षदेखि चलिरहेको छ ।

प्रकाशित मिति : २०८२ जेठ ३१ गते शनिबार