
सुर्खेत – प्रेस सेण्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले लेख्न छाेडेका पत्रकारहरुले पत्रकारकाे परिचय दिन छाेड्नुपर्ने बताउनु भएको छ । प्रेस सेण्टरकाे कर्णाली प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकमा उहाँले साे विचार राख्नु भएको हाे ।
अध्यक्ष गिरीले पत्रकारहरु अनुशासित र व्यवसायिक हुन सके राज्यका निकायलाई जिम्मेवार बन्न र समाजलाई सत्मार्गमा अगाडि लैजान सघाउ पुग्ने बताउनुभयाे । पत्रकारहरु समय अनुकूल सूचना प्रविधिमा पहुँच राख्न सुझाव दिनुभयो ।
प्रकाशित मिति : २०८२ जेठ २२ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्