
दैलेख – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान पद्धति र मुद्दाको फस्यौट प्रणाली सुधार गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । अख्तियारको सुर्खेत कार्यालयले मंगलबार दैलेखमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, पत्रकार र सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् ।
बेनामी उजुरीले अख्तियारको समय, श्रोत र जनशक्तिलाई अनुत्पादक काममा खर्च भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका कार्यालय प्रमुख रामकृष्ण पुडासैनीले बताउनुभयो । संविधान प्रदत्त गोपनीयताको हक कार्यान्वयन गर्न गोप्य रुपमा उजुरी गर्न पाउने भएकोले बेनामी उजुरी अहिल्यै हटाउन नसकिने तर उजुरी गर्ने सबैको इमान्दारिता जरुरी रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले अख्तियारको अनुसन्धान पद्धति र मुद्दाको फस्यौट प्रणाली सुधार गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले उजुरी पर्दैमा डराउन पर्ने हुँदैन । जनप्रतिनिधि र कर्मचारीहरुले आफूले गर्ने दिने सेवा र कामहरुमा सेवाभाव, इमान्दारिता, सार्वजनिक हित र कल्याणमा ध्यान आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्