
दैलेख – नारायण नगरपालिका दैलेख जिल्लाको पहिलो नगरपालिका र जिल्ला सदरमुकाम पनि हो । नगरपालिकाले सरसफाई तथा नगर स्वच्छता सम्वन्धी कानून बनाएको छ । नगरपालिकाले बनाएको कानून कार्यान्वयनमा तदारुकता नदेखाएको र नगरवासीहरुमा सरसफाई तथा स्वच्छता चेतनाकै अभावमा बजार दुर्गन्ध बढ्न थालेको छ ।
सहरी विकासको सुविधा उपभोग गर्ने मोहमा सदरमुकाममा बस्ती बाक्लो हुँदै गरेको तर वासिन्दाहरुले सरसफाई तथा स्वच्छतामा लापरवाही गरेको कारण फोहोर मैला पनि बढेको छ । बस्ती नजिकै बुंगुर लगायतका पशुपालनले दुर्गन्धित बनेको छ । सदरमुकाम डेकेन्द्रचोक नजिक सीता बुढाले पालेको बुंगुरले टोलभरी दुर्गन्ध फैलिएको छ ।
गर्मीको समय छ, सरसफाईमा ध्यान नदिंदा डेकेन्द्रचोक आसपासमा दुर्गन्धित बनाएको स्थानीयले गुनासो गरेका छन् । यस बारे सीता बुढाको प्रतिक्रिया माग्दा उहाँले आफूले सामुदायिक बनबाट मागेर बुंगुर पाल्ने ठाउँ बनाउन ढाई लाल खर्च गरेको मेरो पैंसा दिए मात्र छोड्ने प्रतिक्रिया दिनुभयो । बलजफ्ती खोर बनाएको सामुदायिक बनको टिप्पणी छ ।
कार्यालय सहयोगी भएकोले आफू परिवारै जनता आधारभूत विद्यालयमा स्वच्छ वातावरणमा बस्ने तर बस्तीलाई दुर्गन्धित पार्ने गरी फोहोरी तरिकाले बुंगुर पालेको नारायण नगरपालिकामा अघिल्लो वर्ष नै समुदायले उजुरी परेको नारायण नगरपालिका-१ का वडाध्यक्ष सन्देश श्रेष्ठले बताउनुभयो । ‘उहाँलाई सम्झाएका थियौं, अब रोकाउछौं’ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्