दैलेख – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दैलेखको भगवतीमाई गाउँपालिकालाई सम्मान गर्नुभएको छ । ७ सय ५३ पालिकामध्ये उत्कृष्ट ६ मा पर्न सफल भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा र उपाध्यक्ष मीना थापालाई अध्यक्ष प्रचण्डले सम्मान गर्नुभएको हो ।
अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित हुनुहुन्छ भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्छ । कर्मचारीतर्फ नायब सुब्बा प्रेमबहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरे वापत सम्मान गरिएको थियाे । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा बेस्तडा पुगेका प्रचण्डकाे टाेलीलाई गाउँपालिकाले स्वागत गरेकाे थियाे ।
अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्त्व र अभियानका क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मानबारे प्रकाश पार्नुभयो । उहाँले यो अभियान अब केवल एउटा पार्टीको मात्र नभई देशकै साझा अभियान बनिसकेको दाबी गर्नुभयो ।








प्रतिक्रिया दिनुहोस्