२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)

विपदबाट जोगिने नमूना अभ्यास



दैलेख – नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले आज बेस्तडा बजारमा विपदबाट जोगिने उपाय बारे नमूना अभ्यास गरेको छ । गर्मीको समयमा हुने आगलागी, बर्षातको समयमा हुने बाढीपहिरोले घर भत्किने समस्या र झाडा पखाला प्रकोप सवाल बारे नमूना अभ्यास गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही, दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा, नेपाल रेडक्रस सोसाइटीका कर्णाली प्रदेश सभापति लिलाराम सुबेदी, दैलेख शाखा सभापति निरञ्जन खत्री, भगवतीमाई गाउँपालिका स्तरका नेपाल रेडक्रस सोसाइटीका सभापति कृष्ण अधिकारी, गैसस महासंघका जिल्ला काेषाध्यक्ष भरतराज अधिकारी समेतले नमूना अभ्यासको महत्व बारे प्रकाश पार्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले भगवतीमाई गाउँपालिकामा सञ्चालन गरेको सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजनाले तडा बजारमा विपदबाट जोगिने उपाय बारे नमूना अभ्यास गरेको हो । नमूना अभ्यासमा रोकथामको सचेतना जगाउने विपदको बेला उद्धार, राहत र पुस्थापनामा समन्वय प्रभावकारिता विषय समेटिएको थियो ।

प्रकाशित मिति : २०८२ जेठ २ गते शुक्रबार