
काठमाण्डौं – नेपाल राष्ट्र बैंकले आजको लागि आज वैशाख ३० गते नेपाली मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार अमेरिकी डलर खरिद दर १३५ रुपियाँ ३० पैंसा र बिक्री दर १३६ रुपियाँ ९० पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ २० र बिक्री दर ९ रुपियाँ २४ तोकिएको छ ।
यसैगरी युरोपियन यूरो खरिद १५१ रुपियाँ २७ पैंसा र बिक्री दर १५१ रुपियाँ ९४ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।
नेपाल राष्ट्र बैंक अनुसार साउदी अरब रियल खरिद दर ३६ रुपियाँ ३४ पैंसा र बिक्री दर ३६ रुपियाँ ५० पैंसा, कतारको रियल खरिद ३७ रुपियाँ ३९ पैंसा र बिक्री दर ३७ रुपियाँ ५६ पैंसा अनि कुबेती दिनार खरिद दर ४४३ रुपियाँ १८ पैंसा र बिक्री दर ४४५ रुपियाँ १३ पैंसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्