आसन्न अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले आफू स्वास्थ रहेको घोषण गर्नुभएको छ । उहाँले आफ्नो स्वास्थ्य ठीक रहेको र राष्ट्रपति पदका लागि उपयुक्त रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।
उहाँले निवर्तमान राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गर्न चुनौती दिनुभएको छ ।
बहालवाला उपराष्ट्रपति ह्यारिसले आफ्ना रिपब्लिकन प्रतिस्पर्धी अर्थात् ट्रम्प राष्ट्रपति हुनका लागि स्वास्थ्यको हिसाबले उपयुक्त रहेका वा नरहेका बहसको विषय बनाउन ह्यारिसले यसो गरेको धेरैले विश्लेषण गरेका छन् । अहिले ७८ वर्षका ट्रम्पको उमेर र मानसिक स्वास्थ्यलाई लिएर विपक्षी डेमोक्रेटिकहरूले निशाना बनाउँदै आएका छन् ।
चुनावी प्रतिस्पर्धाबाट बाहिरिनु अघि राष्ट्रपति जो बाइडेन बारे रिपब्लिकनहरूले पनि त्यस्तै प्रकृतिको आलोचना गर्दै आएका थिए । अमेरिकामा अर्को महिना राष्ट्रपति पदको लागि चुनाव हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्