२०८३ जेठ ३१ , आइतबार (2026 Jun 15, Monday)

पेन प्लस क्लिनिक उद्घाटन



दैलेख – कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दैलेख अस्पतालमा सञ्चालित पेन प्लस क्नििकको उदघाटन गर्नुभएको छ । नसर्ने रोगबाट बालबालिकालाई पेन प्लस क्लिनिक सुरु गरिएको उल्लेख गर्दै उहाँले यसको दिगोपनाको निम्ति सबै सचेत हुनुपर्ने बताउनुभयो ।

यूनिसेफको सहयोगमा काठमाण्डौं इन्स्टिच्यू अफ चाइल्ड केयर प्राविधिक सहयोगमा सञ्चालित सिराहा, बझाङ, दैलेख समेत ४ जिल्लामा पेन प्लस क्लिनिक सञ्चालन गर्न डाक्टर समेतको स्वास्थ्यकर्मी टोली र औषधिमा समेत सहयोग गरेकोमा सहयोगदाताहरुलाई मन्त्री भण्डारीले धन्यवाद दिनुभयो ।

दैलेख अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुबेदीको अध्यक्षता भएको कार्यक्रममा जिसस प्रमुख नमराज शाही, प्रमुख जिल्ला अधिकारी नवराज जैसी, नारायण नगरपालिका–८ का वडाध्यक्ष गोपाल बीसी, काठमाण्डौं इन्स्टिच्यू अफ चाइल्ड केयरका बरिष्ठ कार्यक्रम अधिकृत ध्रुव खत्री लगायतले पेन प्लस क्लिनिकको महत्व बारे बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ वैशाख १५ गते सोमबार